Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनामुक्त हुनेको संख्या एक हजार नाघ्यो


    सोमबार, असार १ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, १ असार । सोमबार थप ६७ जना कोरोनामुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन्।

    उनीहरुसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार मात्रै ४५१ जना संक्रमित थपिएका छन्।

     

    कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। त्यस्तै १९ जना ज्यान गुमाएकामा कोरोनाभाइरस देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार