Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काङ्ग्रेस प्रदेश १ सभापतिमा थापा बिजयी, गणतन्त्रका योद्धा घिमिरे २ मतले हारे


    सोमबार, मंसिर २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।

    सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ ।  

    उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन् ।

    त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

    सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार