Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेस प्रदेश १ अधिवेशनः १००० मत गन्दा गुरुराज घिमिरे थापाभन्दा ४४ मतले अगाडि


    आइतबार, मंसिर १९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको मतगणना जारी छ । राति १० बजेसम्म १ हजार मतगणना हुँदा सभापति पदमा गुरुराज घिमिरेले ४४ मतले उद्धव थापालाई जितिरहेका छन् । सभापतिका प्रत्यासी घिमिरेले ५०३ मत पाएका छन् भने थापाले ४५९ मत प्राप्त गरेका छन् ।

     घिमिरे कोइराला पक्षका हुन् भने थापा शेरबहादुर देउवा खेमाका हुन् ।  

    उपसभापतिका ४ उम्मेदवार छन् । जसमा रमेशजंग रायमाझीले अग्रता हासिल गर्दै ४९२ मत प्राप्त गरेका छन् । टंकप्रसाद राईले ४७३ मत पाएका छन् भने गोबिन्दप्रसाद ढुंगानाले ४४२ मत प्राप्त गरेका छन् । विश्वनाथ रिजालले ३९७ मत पाएका छन् ।

    महामन्त्रीमा पनि ४ जना नै उम्मेदवार छन् । जसमा उमेश थापाले ४८७ मत पाएका छन् । दिपनकुमार श्रेष्ठको ४४९ छ भने पदम सुन्दर पालुङ्गवा ४५४ र भूपेन्द्र राई ४४५ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार