Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता


    आइतबार, मंसिर १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचनको २०० मत गणना हुँदा जगदीशनरसिंह केसीले अग्रता लिएका छन् ।

    निर्वाचनमा २०२५ मत खसेकोमा २०० मत गणना हुँदा केसीले १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै इन्द्र बानियाले ८६ मत प्राप्त गरेका छन् ।

    दुई सय मत गणना गर्दा एक मत बदर भएको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार