काठमाडौं, १ असार। सोमबार ओमानबाट १६६ जना नेपाली स्वदेश फर्किँदैछन् । ओमनमा विभिन्न समस्यामा परेका नेपालीलाई आज नेपाल ल्याउन लागेको हो ।
ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ । सो विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ ।
यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन् । जबकी नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउँदा पनि ४५ हजार रुपैयाँमा मात्रै झरेको छ ।
आज फर्किनेहरुको साथमा पीसीार नेगेटिभ आएको रिपोर्ट छ । उनीहरु सीधै होम क्यारेन्टिनमा जानेछन् । सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ ।
दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।