Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अधिवेशन: सांसद जसपाका, मतदान कांग्रेस नेतालाई


    आइतबार, मंसिर १९ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । 

    अधिवेशनका लागि प्रदेशका विभिन्न १३  जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए । 

    प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएकाे थियाे । तर पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दाेस्राे चरणकाे मतदान भइरहेकाे छ ।

    हेटौंडामा भएकाे कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेकाे स्राेतले बतायाे । बाग्मती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बाग्मती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार