Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजीको राजीनामा स्वीकृत गर्न ३ महिना लाग्यो


    सोमबार, असार १ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । तीन महिनाअघि राजीनामा दिएका नेपाल प्रहरीका डीआइजी डा. राजीव सुब्बाको राजीनामा आइतबार स्वीकृत भएको छ । प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख रहेका डा.सुब्बाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । तर उनको राजीनामा तीन महिनापछि स्वीकृत भएको छ ।

    उनको राजिनामा आईतबार स्वीकृत भएको हो । बिद्याबारिधी गर्न अमेरिका जाँदा गरेको सम्झौताअनुसार अवधि नपुगेकाले राजीनामा स्वीकृत हुन तीन महिना लागेको थियो ।
    डा सुब्बाले नेपाल प्रहरीलाई केही महत्वपूर्ण योगदान दिएका छन् । प्रहरीको सञ्चार प्रविधिको विकासमा उनको योगदान छ । साथै सामाजिक सञ्जालमार्फत प्रहरी र नागरिकको सम्बन्ध मजबुत बनाउन पनि उनले भूमिका खेलेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार