झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देन झापा हल्दिबारीका हुन् । लिङ्देनको विजयसँगै झापा नेपाली राजनीतिमा फेरि एकपटक चर्चामा आएको छ ।
केही समयअघि नेपालकै ठूलो राजनीतिक दल नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि झापाका केपी शर्मा ओली निर्वाचित भएका थिए । लिङ्देनको विजयसँगै राष्ट्रिय राजनीतिमा झापाले फेरि नयाँ नेतृत्व जन्माएको छ । एमाले र राप्रपामा मात्र हैन कांग्रेसमा समेत प्रभावशाली नेता झापामा छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला भद्रपुरका हुन् भने विश्वप्रकाश शर्मा मेचीनगरबासी हुन् ।
लिङ्देन पार्टीमा मात्र हैन संसदीय निर्वाचनमा पनि सफल छन् । पार्टी सबैतिर हारेर एक सिटमा खुम्चिँदा लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यति मात्र हैन राप्रपा देशभर खुम्चिँदा झापामा भने सुधारिएको छ । १५ पालिकामध्ये कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाले जितेको छ । याे लिङ्देनकै मिहिनेत हो ।
पार्टीलाई पुरानै लयमा फर्काउनमा आफूले नेतृत्व लिएको बताउँदै आएका छन्, लिङ्देन । विगतमा कमल थापा निकट भएर काम गरेका लिङ्देनले यसपटक भने थापाविरुद्ध नै अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनले यो विद्रोह नभई बाध्यात्मक अवस्था भएको बताउँदै आएका थिए ।
हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’
हल्दिबारी गाउँपालिका अध्यक्षसमते रहेका रविन्द्रले दाइको जीतसँगै राप्रपामा पुस्तान्तरण आवश्यकतालाई पुष्टि गरेको बताए । ‘राप्रपामा लामो समयदेखि नेतृत्व परिवर्तनको कुरा आइरहेको थियो । वास्तविक रूपमा नयाँ नेतृत्वको आवश्यकता रहेछ भन्ने प्रमाणित गरेको छ,’ उनले भने, ‘राप्रपाको एजेन्डा सनातन हिन्दू धर्म र संवैधानिक राजसंस्थालाई स्थापित गराउन यो विजयले सहजता मिलेको छ ।’ याे जीतले आउँदो चुनावसम्म देशव्यापी संगठन गर्न सहज हुने रविन्द्र बताउँछन् । राजेन्द्रले पार्टीलाई अघि बढाउन कमल थापासहितका पुराना नेतालाई पनि समेटेर लैजाने बताए ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend