Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब मोटरसाइकलमा पनि जोरबिजोर लागू


    सोमबार, असार १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं, १ आषाढ । अब दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ । गृह मन्त्रालयको निर्देशनपछि सोमबारदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको हाे ।

    मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको बताए ।

    ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । जोर-बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्। यस्तै ट्राफिक प्रहरीले पनि भोलीदेखि जोर-बिजोर प्रणाली लागू गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै प्रकारका निजी सावारीमा जोर-बिजोर प्रणाली लागू हुने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार