Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कांग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा बिजयी


    आइतबार, मंसिर १९ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा  शुक्रराज शर्मा बिजयी  भएका छन्। 

    निर्वाचन समितिका अनुसार हालसम्म ११ सय मत गणना भएको छ । मतदानमा कुल ११४६ मत खसेको थियो ।

    ४६ मत गन्न बाँकी  रहँदै शर्मा विजयी भएका हुन् । पौडेल पक्षका शर्माले ५८५ मत प्राप्त गरेका छन् । देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले  ५१० मत ल्याएका छन्।

    गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार