Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस कर्णाली: प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित


    आइतबार, मंसिर १९ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् ।

    शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् ।

    उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् ।

    खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् ।

    सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भईरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार