Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका दुई जनामा देखियो संक्रमणः संक्रमित भारत र कुवेतबाट फर्किएका


    सोमबार, असार १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौमा फेरि दुई जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार साँझ राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    संक्रमितमध्ये एक जना बिहीबार कुवेतबाट फर्किएकी महिला हुन् भने अर्की भारतबाट उपचार गरेर फर्किएका व्यक्ति हुन् । उनीहरू दुवैको अवस्थामा गम्भीर रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जानकारी दिएको छ ।

    कुवेतबाट फर्किएकी महिलाको अवस्था केही सुधार देखिए पनि अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । यस्तै भारतबाट फर्किएका अर्को व्यक्तिको स्वास्थ्य जटिल देखिएपछि आइतबार साँझ आइसियुमा सारिएको छ । सङ्क्रमित महिलासँगै अन्य १ सय २ जना नेपाली कुवेतबाट चार्टड फलाईटमार्फत नेपाल आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार