Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक सवारी सुचारु गर्न थप छलफल सुरु


    सोमबार, असार १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं, १ आषाढ । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।
    नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ” सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।
    तर विभागले तयार गरेको निर्देशिकाअनुसार व्यवसायीले सवारी सञ्चालन गर्न अस्वीकार गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।
    महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुनुप¥यो, ३० सिटको गाडीमा १५ जना लिएर हिँड्दा खर्च पनि उठ्दैन, साना सवारी ट्याक्सी, ट्याम्पोको सवालमा के गर्ने, उनीहरूलाई अनुदान दिनुप¥यो, लगानीको सुरक्षा हुनुप¥यो । ”
    सरकारले पहिलो दोस्रो र तेस्रो चरण गरी बिस्तारै बन्दाबन्दी खुला गर्दै जाने निर्णय गरेको छ । सोहीअनुसार विभागले सार्वजनिक यातायात सुचारु गर्ने तयारी थालेको हो ।आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार