लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् ।
गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरे पछि उनी औपचारिक रुपमा विवादमा तानिएका हुन् ।
यसअघि संघका केन्द्रीय पदाधिकारीले आरजुमाथि आराेप लगाएका थिए तर संस्थागत रुपमा आरजुको नाम पहिलो पटक भेलामै मुछिएकाे हाे । पन्तले देशका प्रधानमन्त्री, संस्थाका प्रमुख संरक्षक, उनीहरूका धर्म पत्नी लगायतविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेका निश्र्कष निकालेको छ ।
भेलाले ६ बुँदे सुझाव निकाल्दै पाटन उच्च अदालतले संघको निर्वाचनका सम्बन्ध जारी गरेको अन्तरिम आदेशको अवहेलना गर्दै ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको स्वागत गरिएको छ । यसअघि गत आइतबार पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएको थियो ।
भेलाले गैरआवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको ठहर गरेको छ ।
भेलाले अध्यक्ष पन्त र प्रमुख संरक्षक डा शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन माग गरेको छ ।
करिब एक दर्जन संघका राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी रहेको गत बुधबार सम्पन्न भेलाको निष्कर्ष शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख हुने गरि तोकिएको छ । यसअघि परराष्ट्र मन्त्रालयले आफ्नो अनुकुलको उम्मेदवारलाई जिताउन शक्ति प्रयोग गर्दै निर्वाचनमा रोक लगाएको संस्थापन पक्षको आरोप छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend