Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी


    शुक्रबार, मंसिर १७ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् ।  सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् । 

    थापा संस्थापन पक्षका नेता हुन भने घिमिरे इतर समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । 

    उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् । दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् । 

    सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमीला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार