Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुम घटनामा २४ जनाबिरुद्ध मुद्दा दर्ता


    आइतबार, जेष्ठ ३२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोप लगाउँदै २४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । प्रहरीले रुकुम घटनामा मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ । ‘पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस बनाएर फालेको ठहर प्रहरीले गरेको स्रोतले बताएको छ ।

    रुकुम घटनामा आइतरबार सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो । ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छूवाछूत लगायत मुद्दा लगाइएको जनाइएको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ ।

    मुद्दा दर्ता गराइएका ३४ जनामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् ।
    सो मुद्दामा युवती, उनका बुबा आमा, वडाध्यक्षसहित चौरजहारीका २९ जनालाई प्रतिवादी बनाइएको छ ।

    जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना लिएर चौरजहारी पुगेका थिए । त्यसक्रममा लकडाउनमा हुलहुज्जतका साथ आएको भन्दै केटीपक्ष र केटापक्षबीच भीडन्त भएको थियो । घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

    घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन. ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार