काठमाडौँ, ३२ जेठ । आज थप ६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।कोरोनालाई जित्ने ८७७ जना पुरुष र ९७ जना महिला सहित कोरोनालाई जितेर घर फर्किनेको संख्या ९७४ पुगेकोछ ।
हिजो शनिवार राती मृत्यु भएका गुल्मी धुर्कोटका ३६ बर्षीय पुरुषसहित मृतकको संख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका छन् ।
रुकुमपश्चिम थपिएसँगै संक्रमितहरु भएका जिल्लाको संख्या ७३ पुगेकोछ ।