काठमाडौं, ३२ जेठ । पर्सामा आज आइतबार १७ जना कोरोना संक्रमित थपिएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
उनीहरुमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना र पटेर्वासुगौली गाँउपालिकाका २ जना छन्।
यस्तै पर्सागढी नगरपालिकाका १ जना, जिराभवानी र धोबीनी गाँउपालिकाका १ /१ जना छन्।
यससँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।