Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस चितवन जिल्ला निर्वाचन अधिकृतले दिए राजीनामा


    बुधबार, मंसिर १५ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

    पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

    पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थियो । 

    पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

    ‘केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु’, राजीनामा पत्रमा पोखरेलले उल्लेख गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार