Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्वतमा पहिरो , दुईको मृत्यु, सात जना बेपत्ता


    आइतबार, जेष्ठ ३२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • फाइल फाटो

    काठमाडौं,३२ जेठ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुइ जनाको मृत्यु भएको हो भने सात जना बेपत्ता भएका हुन्।  

    वडा अध्यक्ष तेजप्रशाद शर्माका अनुसार स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरिएको हो। पहिरोले पुरिँदा थापाकी श्रीमती र एकजना नातिनिको मृत्यु भएको छ। उनीहरुको शव फेला परेको छ भने चारजना बेपत्ता भएको शर्माले बताए। त्यस्तै विकको घर पनि पहिरोले पुरिँदा विक सहित छोरा र छोरी पनि बेपत्ता भएको उनले बताए। ‘पहिरोमा सातजना पुरिएको थाहा भएको छ। दुईजनाको मात्र शव फेला परेको छ,’ उनले भने। शर्माका अनुसार मृत्यु र बेपत्ता हुनेको नाम खुलेको छैन।

    राती करिब ९ बजेतिर खसेको पहिरोले उनीहरुको घर पुरिएको शर्माले बताए। बेलुकी पाँचबजेपछि त्यस क्षेत्रमा लगातार भीषण वर्षा भएको थियो। पहिरोले घर र मान्छे पुरिएको थाहा पाएपछि सदरमुकाम कुश्माबाट सेना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको भएपनि रातीको समय परेकोले खोजी र उद्धारमा समस्या परेको शर्माले बताए।  

    ‘माथिबाट अरु पहिरो झर्ने जोखिम छ। हराएका मान्छे तत्काल भेटिने सम्भावना छैन,’ वडाअध्यक्ष शर्माले भने, ‘सेना र प्रहरी उद्धारमा खटिएको भएपनि वर्षाका कारण अप्ठेरो भएको छ ।’ पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार थापा र विकको घर पहिरोमा बगेका थिए। ‘बेपत्ताको खोजि भईरहेको छ। टोली घटनास्थल पुगिसकेको छ,’ अधिकारीले भने, ‘राती अबेरम्म पनि खोजी जारी छ। बेपत्ता भएका व्यक्तिहरु पहिरोमा पुरिएको आशंका छ।’ राती सुत्ने बेला हुनै लाग्दा पहिरोले घर बगाएको उनले बताए। ‘सबैजना घरमा भेला भईसकेकोले पनि धेरै बेपत्ता हुन पुगेका हुन,’ उनले भने, ‘राती भएकोले पनि खोजीमा सहज छैन।’ आजको नागरिक दैनिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार