Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऐतिहासिक निर्णय हुने दिन १२ सांसद अनुपस्थित


    शनिबार, जेष्ठ ३१ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३१ जेठ ।आज प्रतिनिधिसभा बैठकले सर्वसम्मत रुपमा नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित गरेकोछ ।

    प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

    आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

    बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिए ।

    तर, ऐतिहासिक निर्णय गर्ने दिन आज १२ जना सांसद भने अनुपस्थित भए । विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह र शिवकुमार मण्डल रहेका छ ।

    त्यसैगरी सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल पनि अनुपस्थित भएको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

    त्यसो त २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् ।

    अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार