पाँचथर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीकाे १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।
दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन् । “दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रूपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरूले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु”, केरुङले भने, “लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयास गरेको छु ।”
केन्द्रीय सदस्यको उम्मेद्वार बनेपछि निर्वाचन तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंसहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको केरुङले जानकारी दिए ।
कांग्रेस पाँचथरको सभापति बनेपछि केरुङ दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नंं. क बाट उम्मेद्वार समेत बनेका थिए । जिल्ला कार्यसमितिमा दुई कार्यकाल सहसचिवको जिम्मेवारी निभाएपछि केरुङ काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनिएका थिए । त्यसअघि केरुङ ट्रेड युनियन कांग्रेस पाँचथरको तीन कार्यकाल सभापति बनेर काम गरेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend