Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक्लो सुदूरपश्चिमः जहाँबाट कोही पनि निर्विरोध हुन सकेनन्


    सोमबार, मंसिर १३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तीमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन नसक्दा आन्तरिक प्रतिस्पर्धाको सम्भावना बढेको छ ।

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशमा महिला कोटाका उम्मेदवार निर्विरोध भए पनि याे प्रदेश मात्रै हुन नसक्दा निर्वाचनको सम्भावना देखिएको हो ।

    पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नाै कोटाका लागि सुदूरपश्चिममा मात्रै १४ जना उम्मेदवार भएका छन् । जसमध्ये खुल्ला ६ मा नाै जना र महिला तीन जनाका लागि ६ महिला उम्मेदवार बनेका छन् ।

    जसअनुसार खुला ६ का लागि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, कृष्णप्रसाद जैसी, झपटबहादुर बोहोरा, दिपकप्रकाश भट्ट, नारायणमुनि रना, भैरवबहादुर सिंह, लीलाधर भट्ट, सहदेव बाेगटीले उम्मेदवारी दिएका छन् । 

    महिलातर्फका तीन पदका लागि कमलादेवी महरा, कुमारीकमला बोहरा, पशुपति कुँवर, मञ्जु मलामी, सन्तोष शर्मा थापाले उम्मेदवारी दिँदा खुला र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने देखिएको हो । उम्मेदवारी फिर्ता लिने समयसम्म १४ मध्ये पाँचजनाले उम्मेदवारी फिर्ता नलिए प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार