काठमाडौँ, ३१ जेठ । आज थप २७३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा । जागेश्वर गौतमले २७३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ ।
आज डिस्चार्ज हुने ३६ जना सहित डिस्चार्ज हुनेको संख्या ९१३ पुगकोछ ।वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।