चितवन । एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।
चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव)को मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, थारु क्लस्टरका खुला पाँच केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । थारु महिला क्लस्टरका दुई जना केन्द्रीय सदस्यका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । मुस्लिमतर्फका चार केन्द्रीय सदस्यका लागि पाँच जनाको मनोनयन दर्ता भएको छ ।
जनजाति महिला क्लस्टरबाट निर्वाचित हुने आठ जना केन्द्रीय सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ । मधेसी क्लस्टरका १३ जना खुला सदस्यमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend