Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा


    सोमबार, मंसिर १३ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् ।

    पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

    ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले न्युज कारखानासँग भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’ उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्र्किएका हुँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार