पोखरा । १६ मंसिरदेखि कांग्रेस प्रदेश अधिवेशन सुरु हुँदै छ । नेपाली कांग्रेसले १४औं महाधिवेशनअघि प्रदेश अधिवेशन सक्नेछ ।
चार दिनपछि हुने अधिवेशनका लागि गण्डकीमा सभापतिका उम्मेद्वारी धमाधम घोषणा भइरहेका छन् । जिल्ला अधिवेशन सुरु नहुँदै कास्कीका नेता देवराज चालिसेले प्रदेशको नेतृत्व लिने उम्मेद्वारी घोषणा गरेका थिए । अहिले जिल्ला अधिवेशन करिब सकिने चरणमा छन् । चालिसेबाहेक तनहुँका रघुनाथ पौडेलले पनि उम्मेद्वारी दिने घोषणा गरे ।
पोखरामा पत्रकार सम्मेलन नै गरेर उनले आफू सभापतिमा उठ्ने बताएका हुन् । ‘मलाई धेरैले पौडेल भनेर रामचन्द्रको मान्छे भन्छन् । १५ वर्ष जिल्लाको सभापति भएर काम गरें । मेरो मूल्यांकन पार्टीले गरेन,’ उनले भने, ‘अहिलेसम्म कुनै लाभको पदमा छैन । रामचन्द्र दाइले अर्को क्षेत्रमा सात जनालाई सांसद बनाउँदा म परिनँ । त्यति हुँदा पनि उहाँसँगै सल्लाह गरेर मैले उम्मेद्वारी दिएको हुँ ।’ आफूलाई रामचन्द्र र महामन्त्री डा. शशांक कोइरालाको समर्थन रहेको उनको दावी छ ।
‘म उठ्छु भनेपछि रामचन्द्र दाइले निर्णय गर्दै गरौंला प्रचार थाल्नु भन्नुभएको छ । शशांकसँग पनि सोधें । उहाँले पनि मिलेर जाउँला । सचिवालय बनाएर काम गर्नु भन्नुभयो,’ पौडेल भन्छन्, ‘म भन्दा योग्य अर्को मान्छे आयो भने छोड्छु । नत्र मै उम्मेद्वार हुँ ।’ यसअघि उम्मेद्वारी घोषणा गरेका चालिसे पनि संस्थापनइतरका नेता हुन् । पौडेलले पार्टीलाई जनस्तरसम्म पुर्याउन आफूले भूमिका खेल्ने उनले सुनाए ।
‘सबैको उचित मूल्यांकन गरेर काम दिन्छु । माथिबाट पुस्तान्तरण नहुँदा धेरै नेताहरू डम्प भएर बसेका छन् । अव युवालाई साथमा लिएर गण्डकी कांग्रेस एकपटक म हाँक्छु,’ उनले थपे, ‘नाैवटा जिल्ला पुगिसकें । मलाई सबैको समर्थन र साथ छ । मैले पार्टीभित्रको विकृति र विसंगति अन्त्य गर्न कार्यक्रम ल्याउँछु ।’ उमेरले ७० कटिसकेका उनीले पार्टीको चुनावमा उमेरभन्दा एजेन्डा प्रधान हुनुपर्ने धारणा राखे । ‘युवा भनेर मात्रै नहुँदो रहेछ । काम गर्ने दक्षता चाहिने रहेछ । म उमेर धेरै भएपनि काम गर्न काविल छु,’ पौडेलले भने ।
सोही प्यानलबाट सभापतिमै कास्कीका पुराना नेता शुक्रराज शर्माले पनि उम्मेद्वारी दिने घोषणा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफूले सभापतिमा उम्मेद्वारी दिने बताएका हुन् । तथापि सोमबार पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने शर्माले बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाको पनि सभापतिमा चर्चा छ । उनले भने केही खुलाएका छैनन् ।
गण्डकीमा देउवा पक्षबाट भने अर्जुन जोशीको नाम बढी चर्चामा छ । उनले पनि आफू टिममा परे उम्मेद्वार बन्ने बताएका छन् । अहिले धेरै दावेदार भए पनि निर्वाचनमा दुई प्यानलबाट एक-एकजनाबीच मात्रै प्रतिस्पर्धा हुने बताइएको छ ।
महामन्त्रीमा गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठदेखि कास्कीका निवर्तमान सभापति कृष्ण केसी, नवलपुरका सभापति विष्णुप्रसाद लामिछाने, गोरखाका मेयर राजनराज पन्त, पालुङटारका मेयर दीपकबाबु कँडेल, अर्का नेता किरणबाबु श्रेष्ठ, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेलगायतको दाबी छ ।
प्रदेश संरचनामा सभापति एकजना, उपसभापति र महामन्त्री दुई-दुई जना, सहमहामन्त्री महिलासहित तीन जना हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित सदस्यबाट मनोनीत गर्ने व्यवस्था छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend