Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कोरोनाका कारण थप २ जनाको मृत्यु


    शनिबार, जेष्ठ ३१ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ३१ जेठ । कोरोना भाइरसकाे संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् । बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

    त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

     वीरगन्जमा मृत्यु हुने दुईजनाको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार