Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था उन्मुख छौं : प्रदीप ज्ञवाली


    आइतबार, मंसिर १२ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन् ।

    कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन्  ।

    सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।’

    नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार