Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्र महोत्तरीको अधिवेशन: १२२ वडा र १ पालिकामा सर्वसम्मत


    आइतबार, मंसिर १२ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

     १३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

    १६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिबेसन  हुन नसकेको माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

     आज यी सवै प्रक्रियागत अफ्ठ्याराहरु टुंगिएका छन भोलि नै बाकी वडामा अधिबेसन हुनेछ, ´ इन्चार्ज खडकाले भने ।

     १६ वडाको अधिबेसन टुंगिएसगै माओबादी केन्द्र महोत्तरीको वडा अधिबेशन सम्पन्न हुनेछ भने दोश्रो चरणमा पालिका अधिबेसन सुरु हुनेछ ।

    मनरासिस्वा नगरपालिकाको सवै वडाको अधिबेसन सकिएपछी नगर अशिबेसन समेत सम्पन्न गरेको माओबादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

    अहिले नेकपा (माओबादी केन्द्र) महोत्तरीमा ८ हजार नया सदस्यहरुले नविकरण गरेको माओवादीले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार