सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ । जिल्लामा १२ वटा स्थानिय तह मध्ये रहेको माओवादी केन्द्रले शनिवार एकै दिन ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको होे ।
चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय चयन भएका छन् तर पधादिकारी भने टुङगो लागेको छैन् ।
मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ । सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल ,कूष्णजङ तामाङ र शिबराम दंगाल सचिबमा दिनेश गिरी सहसचिबमा गिता ढकाल कोष्ध्यक्षमा सुर्दशन सापकोटा चयन भएका हुन् ।
बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिबमा बिमल राउत ,सहसचिबमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन् ।
बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष ,नारायण पराजुली सचिब र बीरमान तामाङ सहसचिब, राजन पौडेल कोषाध्यक्षमा चयन भएका छन् ।
हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
पाँचपोखरी थाङपाल गाँउपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएका छन् । सुनकोशी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ चयन भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भईसकेको छ। जसमा अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । सम्मेलनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिब तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ ।
तर भोटेकोशी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन्। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोशी गाँउपालिकामा भने १५ गते हुनेछन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend