Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई, रावलको फरक मत


    शनिबार, मंसिर ११ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको सौराहामा जारी एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । शनिबार साँझसम्म सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि बन्दसत्रको हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो । सचिव बिष्णु पौडेलको प्रस्तावमा ओलीलाई  १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार दिइएको छ । 

    बन्दसत्रको सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी  दिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

    एमालेको बन्दसत्र जारी छ । एमालेको अध्यक्षका लागि भीम रावलले र उपाध्यक्षका लागि घनश्याम भूसालले उम्मेवारी घोषणा गरिसकेका छन् । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार