Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् एमालेको दशौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी


    शनिबार, मंसिर ११ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । एमालेको दशौं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन् । 

    भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, निरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही, धर्मराज रेग्मी, योगेन्द्र शाही, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन् । 

    महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन् । 

    सचिवमा यामलाल कँडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । धेरै नेताहरूले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार