Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु


    शनिबार, मंसिर ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

    ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।

    दिउँसो साढे २ बजेसम्म मतदानकाे समयसीमा ताेकिएकाे छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।  मतदान अधिकृत सुरेश घिमिरेका अनुसार उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।

    सचिवमा अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहकाे उमम्देवारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार