Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवनकी छोरीको निधन


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० जेठ । राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको हिजो बिहीबार निधन भएको छ। पूर्व अधिराजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

    उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। उनी भारतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता हुन् । त्यहाँका तत्कालीन राजासँग नलिनीको विवाह भएको थियो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार