Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, विधान संशोधनको प्रस्ताव आउने


    शुक्रबार, मंसिर १० २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । 

    चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

    ज्ञवालीकाअनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ । भोलिबाट बन्द सत्र सुरु हुने छ ।  यो ९औं  महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो । 

    केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् ।  महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार