Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नै माउ खाने माकुरो बन्ने चाहाना हैन, फरक मान्यता र परिवेशले अलग्गिएको हो: लीलामणि पोखेरल


    शुक्रबार, मंसिर १० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताएका छन् । 

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताए । 

    राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए । 

    एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उनले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताए ।कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उनले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गरे । 

    पोखरेलले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने समेत बताएका छन् ।

    राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै उनले कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार