Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन पुगेर उपेन्द्र यादवले भने- मधेश आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा पारियो


    शुक्रबार, मंसिर १० २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । 

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले  लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । 

    उनले  यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्न एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् । 

    उनले भने–‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ ।’ नेता यादवले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस भन्ने कामना गरेका छन् ।

    राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार