Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिम्मेवारी पुरा नगरेको भन्दै मेडिकल अधिकृतलाई सेवाबाट बर्खास्त


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट, ३० जेठ । रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ । कोरोना भाइरस संक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट बर्खास्त गरेको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहका अनुसार कोरोना संक्रमण बढी रहेको बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनहरुमा बसेकाहरुलाई चेकजाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था कमजोर बन्दै जाँदा पनि काम गर्न नसकेका कारण उनलाई सेवाबाट हटाइएको हो ।

    ‘डा. हरिशंकरले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नु भएन । उहाँसँग कार्यसम्पादनको विषयमा स्पष्टीकरण समेत सोधेको थियौं,’ अधिकृत साहले भने, ‘तर उहाँले दिनु भएको स्पष्टिकरण सन्तोषजनक नभएपछि नगरपालिकाले कारबाही गरेको हो ।’

    प्रशासकीय अधिकृत साहका अनुसार उनको करार अवधि असार मसान्तमा सकिँदै थियो । तीन महिनाअघि मात्रै उनलाई मेडिकल अधिकृतको रुपमा नगरपालिकाले करारमा नियुक्ति गरेको उनले बताए ।

    पछिल्लो समय रौतहट कोरोनाको इपिसेन्टर बन्दै गएको छ । रौतहटमा ५३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १०२ जना निको भएर घर फर्किएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार