चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ ।
१२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु बिहीबार नै चितवन आइसकेका छन्। महाधिवेशनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अबको केही समयपछि काठमाडौँबाट चितवन आउने बताइएको छ।
एमाले विभाजनपश्चात पहिलो पटक हुन लागेको महाधिवेशनका लागि देश विदेशमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन्।
महाधिवेशनको शुभकामना दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै आगामी दिनमा नयाँ हिटलर नजन्मियोस् भनेका छन्।
सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘संवेदनशील र सचेत किसान-मजदूरले बोक्ने झण्डा संवेदनहीनताको प्रतीक (‘गैंडाको छाला जस्तो’ जो भनिन्छ !) र विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाॅ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना !’
महाधिवेशनका लागि दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend