Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि


    शुक्रबार, मंसिर १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर। नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।

    उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ । उनले भने, ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामाोली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।’

    रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार