Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सडक दुर्घटना परीअस्पतालमा उपचार गराउँदै आएका बिरामीमा कोरोना


    शुक्रबार, जेष्ठ ३० २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा, ३० जेठ । मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २२ गते सडक दुर्घटनामा परी अस्पतालमा उपचार गराउँदै आएका उनमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री देखिएको छैन ।

    उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

    संक्रमित विरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसमा लगिसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन डा. बिनोद बिन्दु शर्माले बताए ।

    पर्वतका ती युवामा संक्रमण पर्वतमा नै देखियो वा अस्पतालमा देखियो भन्नेबारे भने अनुसन्धान भईरहेको पर्वत जिल्ला प्रशासनले बताएको छ । उनीसँगै गण्डकी प्रदेशमा शुक्रबारसम्म संक्रमितको संख्या १८८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार