दाङ । उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् । जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा हुन् । खुमबहादुरले प्रभावशाली भूमिका राख्दै गर्दा अनुराग राजनीतिमा आउन चाहेनन् । पठन पाठनमा नै रहिरहे । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर सक्दै गर्दा खुमबहादुरको निधन भयो । बुवाको निधनपछि अनुरागले राजनीतिमा चासो देखाए । उनी १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।
उनले बुवाको वार्षिकी सकेर त्यही कार्यक्रममा राजनीतिमा आउने इच्छा रहेको सार्वजनिक गरेका थिए । खुमबहादुरलाई नेता मान्ने जिल्लाका कांग्रेसका नेता कार्यकर्ताहरूले त्यो निर्णयलाई स्वागत पनि गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय समितिले अनुरागलाई विभागीय जिम्मेवारी पनि दिएको थियो ।
खड्काले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खुल्लातर्फबाट २१ महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त प्राप्त गरेका हुन् । क्षेत्र नम्बर १ मा कूल ६९४ मतदाता रहेकोमा निर्वाचन प्रक्रियामा ६८५ जनाले भाग लिएका थिए ।
राजनीतिमा प्रवेश गरेका अनुरागले आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको भन्दै बुवाकै सपना पुरा गर्न राजनीतिमा आएको बताएका छन् । ‘यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो,’ अनुरागले भने, ‘यो सम्मानलाई निराश हुन दिन्न । म बुवाकै बाटोमा हिँड्ने छु ।’
उनले नेता तथा जिल्ला बासीहरूको परामर्शमा महासमिति सदस्य र केन्द्रीय सदस्यमा लड्ने तयारी गरेको बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend