महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आज पनि निष्कर्षमा पुग्न सकेन । आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको हो ।
प्राप्त जानकारीअनुसार बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ ।
अन्य क्षेत्रमा भने छलफल सर्वसम्मतको प्रयास जारी रहेको महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय यादवले बताए ।
निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा अझै प्रदेश प्रतिनिधि चयन हुन सकेका छैनन् । निर्वाचन गर्न पनि नमान्ने र सर्वसम्मत गर्न पनि अस्वीकार गर्ने एक पक्षको अडानका कारण महोत्तरीमा वडादेखि पालिका र क्षेत्रीय अधिवेशन विवादित बन्दै आएको छ ।
अझै मनरासिस्वा वडा नम्बर ८ मा वडा अधिवेशन हुन सकेको छैन । त्यसैगरी प्रदेश प्रतिनिधि छनोटमा समेत ढिलाइ भइरहेको केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीले बताए ।
विवादित क्षेत्र नम्बर १, २ र ३ मा सहमति नभए निर्वाचनको विकल्प नरहेको सभापति यादवको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend