Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत


    शुक्रबार, जेष्ठ ३० २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुलरिया,३० जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

    कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएमा परिवारलाई राहतस्वरुप रु २० लाख उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

    कोरोना भाइरस सङ्क्रमण भएको व्यक्तिको उपचार पनि पालिकाले नै गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बढैयाताल गाउँपालिका हालसम्म चार कोरोना भाइरस सङ्क्रमित छन् । जिल्लामा ६० कोरोना भाइरस सङ्क्रमित रहेकामा छ जना निको भएर घर फर्किसकेका छन् ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार