ओखलढुंगा । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ ।
नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।
उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले प्रतिनिधिमा सिफारिस गरेको जानकारी पाएपछि उजुरी गरेको बताइन् ।
जिल्लाबाट प्रतिनिधि छनौटमा उम्मेदवारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
सिद्धिचरण नगरपालिकाका उप प्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचन अघि शिक्षक र कांग्रेसकी सदस्य थिइन् । उनलाई पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो ।
जिल्लाबाट छनौट हुने प्रतिनिधिको उम्मेदवारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन् । जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए । उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ, सायद हुनसक्छ ।’
धमलाले आफु उम्मेदवार रहेको र विधान अनुसार योग्यता पुगेर उम्मेदवारी कायम रहेको सन्दर्भमा विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन् । एमाले विधानमा महाधिवेशन प्रतिनिधी हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ । यद्यपी गुरुङकाे नाम मनाेनित गरेकाे नामावलीमा भने देखिएकाे छैन ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend