चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली नै चयन भए महाधिवेशन सफल हुने बताएका छन् ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आएका नेम्वाङले ओलीको नेतृत्वमा पदाधिकारी सर्वसम्मत चयन भए महाधिवेशन भव्य रूपमा सफल हुने प्रतिक्रिया दिएका हुन् ।
आफू कुन पदमा आकांक्षी रहेको भनेर नखुलाएका उनले एमालेको नेतृत्व पुन ओलीले नै गर्नुपर्ने दोहोर्याए । ‘भोलि महाधिवेशन उद्घाटनपछि बन्द सत्रमा प्रवेश गर्छौँ । त्यसपछि सबै प्रक्रिया सुरू हुन्छ । हामी भनिरहेका छौँ, जस्तो हामी जुन ठाउँमा उभिएका छौँ । हामी चुनौतीका बीचमा छौँ ।
हामी महाधिवेशनलाई भव्यताका साथ सफल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छौँ’, उनले भने ।
अध्ययक्षमा ओली नाम विवादमा नरहेको बताएका नेम्वाङले भने, ‘अध्यक्ष ओलीमा विवाद छैन । उहाँले केही नभने पनि सिंगो देशले ओलीको अध्यक्षतामा बन्ने एमाले चाहेका छन् ।’ आफूले पनि ओलीलाई अध्यक्षमा दोहोर्याउनुपर्ने पक्षमा रहेको बताएका उनले ओली नेतृत्वमा सर्वसम्म नेतृत्व चयन गर्नुपर्ने बताए ।
‘म ओलीलाई अध्यक्षमा दोहोर्याउनुपर्छ भन्ने पक्षमा छु । उहाँको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने । त्यो भयो भने यो महाधिवेशन भव्य रूपमा सफल भएको सन्देश जान्छ । त्यसको लागि प्रयास गर्ने थलो महाधिवेशन नै हो । कथमकदाचित निर्वाचन हुने भयो भने पनि त्यो त्यहीँबाट टुंगिन्छ । सबै पदाधिकारीको टुंगो हामी महाधिवेशनबाट गर्छौँ’, नेम्वाङले भने ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend