काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निस्कासन गरेर कारबाही गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हँुदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा, बिरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन भएको थियो । सो पुत्ला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै यादवलाई कारबाही गरिएको हो ।
‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासनत गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने । उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाही निर्णय लिइएको हो ।
कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन् ।
यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।
सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।
त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।
यसैगरी, बैठकले बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend