सुनसरी। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरीणाम अनुसार संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो ।
अन्सारीले ६ सय ५४ मतमध्ये ४ सय २७ मत ल्याएर पुन: सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका जमिल अख्तर आजादले २ सय २० मतमै चित्त बुझाए ।
यसैगरी सचिवमा रोशनकुमार खड्का ३ सय ९८ र जुगेश्वर यादव ३ सय ८७ मत ल्याएर निर्वाचित भएका छन् । इतर समूहबाट उम्मेदवारी दिएका धिरज भट्टराईले २ सय ३६ र पूर्णराज यादवले २ सय २१ मत मात्र पाए ।
सहसचिवमा पनि अन्सारी प्यानलका जितेन्द्र यादवले ४ सय १२ र सन्तकुमार राईले ३ सय ९० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूविरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २ सय ३२ र सुशीला थापा बस्नेतले २ सय १६ मत ल्याएर पराजित भएका छन् ।
सुनसरी- ४ संस्थापन पक्षको एक मात्र साख जोगाउने क्षेत्र देखिएको छ । २०७४ सालमा भएको चुनावमा हाल सरकार प्रवक्ता तथा सूचना सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । जिल्लाको अन्य क्षेत्रमा पौडेल-कोइराला समूह अगाडि छ ।
सुनसरी-२ को क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका लीलामणि सुवेदी विजयी भएका छन् । उनले संस्थापन समूहका मणिराम श्रेष्ठलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। श्रेष्ठले ३६२ मत प्राप्त गर्दा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए ।
सचिवमा सुवेदी प्यानलका मनोज कुमार चौधरी, र संस्थापन समूहका कृष्णदेव मेहता निर्वाचित भएका छन् । सहसचिवमा सुवेदी प्यानलका खेमराज पोखरेल र शत्रुधन शाह निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ३ मा आज बिहीबार चुनाव गर्ने तयारी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend