Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नायिका बस्नेतलाई कोरोना संक्रमण


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ३० जेठ । कोरोना संक्रमितको परिचय गोप्य राखिन्छ । तर नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छिन्, त्यो पनि सामाजिक संजालमार्फत् ।

    बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएकी हुन् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।
    बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन् । उनी केही समयदेखि भारतीय फिल्मनगरी मुम्बईमा छिन् ।

    मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् ।
    ‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

    कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् । नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छन् ।

    तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी सुपुत्री हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार